यो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्व’को राजधानीमा भव्य प्रिमियर गरिएको छ । बुधबार सांझ गरिएको रेड कार्पेट प्रिमियरमा सेलिब्रेटी, व्यवसायी तथा मिडियाकर्मीहरुको बाक्लो उपस्थिती थियो ।
पाँच सय बढि दर्शकले फिल्म हेरे । सस्पेन्स थ्रिलर जनराको फिल्म हेरिसकेपछि अधिकांश दर्शकले ‘वाउ’ बोले । मुख्यतः फिल्मको व्याकग्राउण्ड म्युजिक, छायांकन कथावस्तु तथा समग्रमा निर्देशकिए कामको धेरैले प्रशंसा गरे । फिल्मलाई निर्देशन दिनेश राउतले गरेका हुन् ।
फिल्ममा मुख्य कलकार कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, जेबिका कार्की तथा माला लिम्बुको अभिनय कलालाई पनि दर्शकले मन पराए । हरेकजसो फिल्ममा अभिनयमा निखारता दिने नम्रताले यो फिल्ममा पनि दिल ज्यान दिएर काम देखाएको धेरैको कथन थियो ।
टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको फिल्म शुक्रबारबाट देशभरका पचास बढि फिल्ममा एकसाथ रिलिज हुँदैछ । राजेश श्रेष्ठले फिल्म खिचेका हुन् ।
तश्विरः अनलाईनखबर