पछिल्लो पटक विश्व सिने जगतमा चर्चा छ त ‘बाहुबली २’ को । हालसम्म १५ सय करोड बढि विजनेस गरिसकेको यो फिल्म अहिले पनि सयौं पर्दामा प्रदर्शनरत छ । जहाँ लिड अभिनेता ‘बहुबली’ उर्फ प्रभास र अभिनेत्री अनुष्का सेट्ठीको जमेको क्यामेष्ट्री ननियाल्ने सायदै होलान् ।
अब खबर बाहिर आएको छ कि, प्रभास र अनुष्काको प्रेम कहानीको । यी दुई लामो समयदेखि प्रेममा रहेको कुरा वलिउड अनलाइनहरुले लेखेका छन् । अनि दुबैले बिहेको योजना पनि बनाईसकेका छन् ।
तर अनुष्काले बिहेको लागी दुई बर्ष पहिले राखेको प्रस्ताव भने प्रभासले टारेको बताईएको छ । आखिर किन त ? समाचार श्रोतमा उल्लेख छ कि, प्रभासले बाहुबली छायांकनको समयमा अनुष्काको सबै ध्यान फिल्ममा केन्द्रित गर्न चाहन्थे । त्यसैले उनले पाँच बर्षको लागी बिहे पर सारेको बताईएको छ ।