मुम्बइ(एजेन्सी)। बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’को ट्रेलर हेर्न चाहने उनका फ्यानका लागि प्रतिक्षाको घडी सकिएको छ । सलमानले आफ्नो फिल्मको ट्रेलरलाई बिहीबार राती सार्वजनिक गरेका छन् । कविर खान निर्देशित फिल्म आगामी इदमा रिलिज हुनेछ ।
भारत र चीनबीच भएको युद्धको पृष्ठभूमिमा फिल्मको कथा बनाइएको छ । यो फिल्ममा सलमान खान चिनियाँ नायिका झू झूसँग रोमान्स गर्दैछन् । झू झूले यसै फिल्ममार्फत बलिउडमा डेब्यु गरेकी हुन् । फिल्ममा दर्शकले सलमान र उनका भाई सोहेलको केमेष्ट्री पनि हेर्न पाउनेछन् ।
ट्रेलरमा दर्शकले सलमानले आफ्नो भाई सोहेललाई बचाउनका लागि कसरी आफ्नो शक्तिको प्रयोग गर्छन् भन्ने कुरा देखाइएको छ । सलमानलाई केही मान्छेले ट्युबलाइट भनेर पनि उनको मजाक उडाएका छन् ।