जेष्ठ २६ गतेलाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘लाल्टिन’ टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । यहि क्रममा फिल्ममा समावेश ‘विस्की’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विनोद ढकाल, सोमीया बराइली र किरण माइकलको आवाज रहेको छ ।
गीतमा शब्द/संगीत पनि विनोद ढकाल र किरण माइकलको छ । गीतमा कलाकार निर्जन थापा र प्रियंका कार्कीलाई फिचर गरिएको छ । देवकुमार श्रेष्ठ निर्देशित चलचित्रमा निर्जन र प्रियंकाको अलावा दयाहांग राई,राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही,शिशिर भण्डारी, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।
भानु प्रतापको प्रस्तुति रहेको चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको मुख्य लगानी रहेको छ ।