काठमाडौं । सन् २००४ मा मि टिन पोखरा उपाधी जित्ने बित्तिकै बिशाललाई ग्ल्यामर क्षेत्रको मोह बढेको थियो । तर आफ्नो पढाईलाई पुरा गरेर मात्र यो क्षेत्रमा अघि बढ्ने सोच बनाएका उनको यो सोच वास्तविकतामा बदलिएको छ, पोखराको चर्चित सेलेब्रेटी पहिचान बनाएर । काम अनुसार विशालले आफ्नो प्रोफाइल बनाइसकेका छन् । उनलाई पोखराको शिक्षित एव प्रतिभाशाली युवा उदमीको रुपमा चिनिन्छ ।
उनी सन् २०१६ युथ आइकन पोखरा पनि भैसकेका छन् साथै सन् २००५ देखि माउन्ट अबोरा मनटेश्वरी फाउन्डर प्रिन्सिपल पनि हुन् । मोडेलको रुपमा थुप्रै फेशन शुट म्युजिक भिडियो ,रेम्प शोको एव बिज्ञापन राम्रै अनुभव बटुलिसकेका बिशाललाई बिग एफ एमको टेलिभिजन बिज्ञापनले अझ बढी चर्चित बनायो । अंग्रेजी बेशमा कार्यक्रम चलाउने बिशाल पोखराको पहिले भी जे हुन् ।
उनी आफ्नै कम्पनी पोखराको स्थापित इभेन्ट कम्पनी इभेन्ट्स फर यु मार्फत बर्षको ४ वटा कार्यक्रमहरु मिस पोखरा,मिस पोखरा जुनियर ,मिसेस पोखरा ,मिस एस एल सी पोखरा ९हाल मिस एस ई इ० ब्यस्त हुन्छन । उनले मोडेलिङ र अन्य कामहरूलाई सँगसँगै लागिरहेका छन् । कम उमेरमा सफलता प्राप्त गरेका बिशाल गुरुङ पोखरा लायन्स कल्बका अध्यक्ष पनि हुन् ।
मोडेलः बिशाल गुरुङ
फेशन स्टाइलिस्टः जयन सुब्बा मानन्धर
मेकअप एव हेयरः सिर्जना कार्की
वार्डरोबः फेशन फ्लो ,पनाछि रनवे
तस्बिरः कमल श्रेष्ठ
मोडेल स्रोतः दि रेम्प मोडेलिंग एजेन्सी, अनामनगर