काठमाडौं । मोडलिङको दुनियाँमा दिक्पाल कार्की परिचित अनुहार हो । त्यसका लागि उनको आकर्षक अनुहार, शारीरिक बनावट एवम् ६ फिट उचाई उनको प्लस प्वाइन्ट हो । थुप्रै टि भी सी, विज्ञापन, कमर्शियल एवम् ३ दर्जन म्युजिक भिडियोहरुमा आफुलाई मोडेल रुपमा प्रस्तुत गरिसकेका उनको प्रोफेशनल रेम्प मोडेलको रुपमा आफ्नै बेग्लै पहिचान छ ।
त्यसो त सन् २००९ मा ‘मि काठमाडौं’ त्यसपछि सन् २०१२ मा ‘मेन हन्ट इन्टरनेशनल’मा फस्ट रनरअप एवम् ‘मि ट्यालेन्ट’ उपाधि हासिल गरेका दिक्पाल अन्तर्राष्ट्रिय स्तरको पुरुष सौन्दर्य प्रतियोगिता ‘मि गोल्बल २०१६’मा नेपालको प्रतिनिधित्व गर्दै थाईल्याण्ड पुगेका थिए । जुन अन्तर्रास्ट्रिय प्रतियोगितामा उनी छैटौ स्थानमा पुग्न सफल भए ।
पुन नेपालको प्रतिनिधित्व गर्दै दिक्पाल चाडै नै ‘मि ग्राण्ड इन्टरनेशनल २०१७ ’ सहभागी हुन मनिला, फिलिपिन्स जाने तयारीमा छन् । उनको मोडेलिङ प्रोफाइल हेरेर ड्रिम सर्च एजेन्सीले उनलाई पठाउन लागेको पनि उनले बताए । भर्खरै मात्र ‘मि वर्ल्ड नेपाल २०१७’ को कोरियोग्राफी गरेका दिकपालको चाहना मोडेलिङ सँगसँगै ठुलो पर्दामा जम्नु हो जस अनुरुप उनले ‘रंग बैजनी’ फिल्ममा नायकको रुपमा आफ्नो अभिनय यात्रा सुरु गरिसकेका छन् ।