काठमाडौं । मोडेलिंङको क्षेत्रमा केही गर्छु भन्ने सोच बनाएकी १७ बर्षीय रुपा खर्बुजा यसैमा लागि परेकी छिन् । विभिन्न ठाउहरु घुम्न रुचाउने उनी नेथम कलेजमा ब्याचलर गरिरहेकी छन् । बढी रेम्प शो एव फेशन शुटमा क्रेजी रुपाले ‘मिस नेवा आइकन’ मा सहभागी भइ ‘मिस पर्फेक्ट फिगर’ टाइटल पनि जितेकी छन् । मोडेलिङमा अझ बढी निखार ल्याउन उनले ‘दि रेम्प’ मोडेलिङ एजेन्सीबाट व्यवसायिक तालिम लिइन् ।
तालिम लिने बितिक्कै १० वटा रेम्प शोमा मोडेलको रुपमा प्रस्तुत भैसकेकी रुपाले भर्खरै मात्र २ वटा प्रोफेशनल फेशन शुट एव काव्य अनलाइन फेशन स्टोर्सको लागि मोडेलको रुपमा काम गरेकी छन् । भविष्यमा गएर एउटा सफल मोडेल बन्ने लक्ष्य लिएकी रुपाले पढाई र मोडेलिङलाई सँगसँगै लाने सोच बनाएकी छन् ।
मोडेलः रुपा खर्बुजा
मोडेल स्रोतः दि रेम्प,अनामनगर
फेशन स्टाइलिस्टः जयन सुब्बा मानन्धर
मेकअप एव हेयरः सिर्जना कार्की
वार्डरोबः फेशन फ्लो
तस्बिरः कमल श्रेष्ठ