सानैदेखि ग्ल्यामर क्षेत्रमा केही गरु भन्ने सोच बनाएकी रमिता भण्डारी अहिले ग्ल्यामर क्षेत्रमा राम्रै जमेकी छन् । सन २००२ मा ‘अल नेपाल ट्यालेन्ट कम्पिटिसन’मा ‘वस्ट मोडेल’को उपाधि जितेपछि उनलाई पछि फर्केर हेर्न परेन् । दर्जनौ म्युजिक भिडियो, विज्ञापन एव ¥याम्प शोमा मोडेलको रुपमा प्रस्तुत भइसकेकी उनले आफ्नै इभेन्ट कम्पनीबाट कार्यक्रमहरु पनि आयोजना गर्दै आएकी छन् ।
अरुको म्युजिक भिडियोमा व्यस्त हुने रमिता हिजोआज आफ्नै भिडीयो शुट एव रेकर्डिंङमा व्यस्त छन् । चाडै नै तेस्रो सोलो एल्बम ल्याउने तयारीमा रहेको रमिताको अहिले जोहेब मानन्धरसँग गाएको युगल गीत ‘के हो माया हो’ अहिले चर्चामा रहेको छ । मोडेलिङ ,गायन, कोरियोग्राफीलाई सँगसँगै लगेकी उनी आजकल गायनमा बढी सक्रिय देखिएकी छन् । तर उनको पहिलो रोजाइ भने मोडेलिङ नै रहेको बताईन् ।
मोडेलः रमिता भण्डारी
तस्बिरः कमल श्रेष्ठ