मुम्बई(एजेन्सी) । बलिउडका कमेडियन अली असगरले आफूले द कपिल शर्मा शोलाई धेरै मिस गर्ने गरेको बताएका छन् । शोमा ‘नानी’को भूमिकामा चर्चित अलीले आफूले कुनै पनि झगडा नगरिकन शो छोडेको दाबी गरेका छन् । उनले कुनै नयाँ काम गर्नका लागि मात्र शोलाई केही समय छाडेको खुलाएका छन् ।
‘जे भयो त्यो दुर्भाग्यपूर्ण थियो । यो राम्रो भएन । कैयौंपटक तपाई यस्तो मोडमा आउनुुहन्छ, जहाँ तपाईलाई कुनै न कुनै निर्णय लिनुपर्छ । म द कपिल शर्मा शोलाई मिस गर्छु । त्यो मञ्चलाई पनि मिस गर्छु । एउटा राम्रो टिमसँग काम गरिरहेको थिएँ । तर एउटा यस्तो मोड आयो कि त्यो मोडलाई मैले समर्थन गर्नैप¥यो ।’ उनले भनेका छन् ।
उनले कपिल शर्माको शोमा आफ्नो कुनै पनि खानदानी लडाई नभएको बताएका छन् । आफूले शोबाट धेरै कुरा सिकेको बताउँदै आफ्नो भूमिका एउटै भएकाले राम्रोसँग अगाडि नबढेको अवस्थामा आफूले छोड्ने निर्णय लिएको खुलाएका छन् ।
सुनिल ग्रोवर र कपिल शर्माबीच मतभेद र झगडा भएपछि सुनिल ग्रोवरसहित अली असगर र बाँकी कमेडियनले कपिल शर्माको शो छोडेका थिए । जसकारण शोको टीआरपी पनि ह्वात्तै घटेको थियो ।