मुम्बई(एजेन्सी) । बलिउड नायिका अनुष्का शर्मा फिल्म ‘परी’मार्फत दर्शकलाई तर्साउन आउने भएकी छन् । २९ वर्षीया उनले आफ्नो भूमिकाको तस्वीर ट्वीटरमा सार्वजनिक गर्दै ‘परी पहिलो अनुहार’ लेख्दै ट्वीटेकी छन् । यो फिल्मको सुटिङ शुरु भईसकेको छ । फिल्ममा बंगाली अभिनेता परमब्रत चटर्जी अभिनय गर्नेछन् ।
यो फिल्मको निर्माण उनको व्यानर क्लिन स्लेट फिल्मस्ले गरिरहेको छ । अनुष्का यो फिल्मको निर्माण क्रिअर्ज इन्टरटेनमेन्टसँग मिलेर गरिरहेकी छन् । फिल्मको निर्देशन प्रोसित रायले गर्नेछन् ।
अनुष्का यो फिल्मसँगै निर्देशक इम्तियाज अलीको निर्देशनमा बनेको शाहरुख खान स्टारर फिल्म ‘जब हैरी मेट सेजल’को डबिङ र प्रमोशनमा पनि व्यस्त छिन् ।
अनुष्का राजकुमार हिरानीको निर्देशनमा बनिरहेको अभिनेता सन्जय दत्तको बायोपिक फिल्ममा एक अहम भूमिकामा अभिनय गरिरहेकी छन् । योबाहेक उनी आनन्द एल रायको एक अनटाइटल फिल्ममा पुनः शाहरुखसँग देखिनेछिन् ।