मुम्बई(एजेन्सी) । बलिउड बादशाह शाहरुख़ खान हालका दिनमा महाभारत पढ्न व्यस्त छन् । उनी आगामी फिल्मका लागि महाभारत पढिरहेका छन् भन्ने आम मानिसले अनुमान लगाएका छन् । तर त्यो अनुमान बिल्कुल गलत हो । किताब पढ्न शौखिन किङ खानमा हालका दिनमा महाभारतको १८ खण्ड छन् ।
‘म महाभारतको १८ खण्ड पढ्दैछु । महाभारत पढ्ने काम भर्खरै शुरु भएकाले अहिले दोस्रो खण्डमा पुगें, दोस्रो भाग पढ्न थालेपछि पहिलो भाग बिर्सिए । त्यसकारण महाभारतका पात्रको कठिन नाम र केही अन्य शब्द लेखेर राखिरहेको छु । अहिले त यो प्रीक्वल स्टेजमा छ ।’ उनले भनेका छन् ।
उनले छोरा अबरामलाई महाभारतको कथाहरु रोचक बनाएर सुनाउने गरेको खुलाए । उनले आजका पुस्तालाई धर्मको बारेमा जानकारी आवश्यक पर्ने भएकाले पनि आफ्नो बच्चालाई हरेक किसिमका किताब पढ्न प्रेरित गर्ने गरेको बताए ।