मुम्बई(एजेन्सी) । फिल्मको पर्दामा कलाकारबीच जति नै प्रेम भए प्नि वास्तविकतामा त्यो देखिँदैन् । विश्वव्यापी फिल्म क्षेत्रमा देखिने यो एउटा शैली कुनै नयाँ विषय पनि होइन । कहिले कोल्ड वार र कहिले मन नपराउने अवस्था सामान्य नै हो ।
बलिउडका स्टारमा पनि यस्तो द्वन्द्व चलिरहन्छ । इदको पवित्र पर्वमा पनि देखावटी रुपमा अंगालो माल्ने सेलिब्रेटीहरु वास्तविक जीवनमा आँखा तरातर झैं गर्छन् । केही वर्षदेखि काँग्रेसी नेता बाबा सिद्धिकीले आयोजना गर्ने इद पार्टीमा खुलेर अंगालोमा बाँधिने बलिउड अभिनेता शाहरुख खान र सलमान खान यसपटक भने अंगालोमा बाँधिएनन् ।
दुवै स्टार अलग अलग समयमा पार्टीमा पुगेपछि उनीहरुले अंकमाल गर्ने अवसर नपाएका हुन् । पार्टीमा सलमान आफ्नो परिवार र प्रेमिका युलियासँग पुगेका थिए । तर शाहरुख भने एक्लै पार्टीमा गए । सलमानको पछिल्लो फिल्म ‘ट्युबलाइट’मा शाहरुखले पनि केमियो भूमिकामा अभिनय गरेका छन् । जुन फिल्मले बक्स अफिसमा कमसल व्यापार गरेको छ ।