पछिल्ला केहि बर्षयता लगातार रिलिज फिल्मलाई सुपरहिटको सुचीमा पार्न सफल अभिनेता हुन् सलमान खान । तर पछिल्लो पटक सलमान चिप्लिएका छन् । शुक्रबार रिलिज उनकै लगानी रहेको ‘ट्युवलाईट’ले वक्सअफिसमा कमालको विजनेस गर्न सकेन् ।
‘किक’, ‘बजरङ्गी भाईजान’, ‘प्रेम रतन धनपायो’ र ‘सुल्तान’ सबैजसो फिल्मले रिलिजको तीन दिनमा नै १ सय करोडको माइलस्टोन पार गरेका थिए तर ‘ट्युवलाईट’ले पहिलो तीन दिन त के चार दिनमा पनि सय करोड कमाउन सकेन् ।
रिलिजको चौथो दिन पार गर्दा फिल्मले ८३ करोड ८६ लाखको विजनेस गरेको छ । सलमानको लागी यो पछिल्ला सबै रिलिज भन्दा कम विजनेस हो । पाँचौं दिनमा १ सय करोड क्लवमा प्रवेशको सम्भावनालाई पनि शंकाको रुपमा हेरिएको छ । फिल्मले आईतबार विदा पर्दा समेत जम्मा २२ करोड ४५ लाख कमायो । कबिर खानले फिल्मलाई निर्देशन गरेका छन् ।