यहि असार ३० लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’का अफिसियल पोस्टरहरु सार्वजनिक भएका छन् । निर्माण युनिटले एकसाथ तीन पोस्टर सार्वजनिक गर्यो । तीन वटा पोस्टरले फरक फरक भाव बोकेका छन् ।
पहिलो पोस्टरमा दुई पात्र पल शाह र पूजा शर्मालाई रोमाञ्चक भावमा भेट्न सकिन्छ भने दोश्रोमा प्रेमभाव झल्केको छ । तेश्रो पोस्टरले प्रेम, रोदन र विछोडको भाव बोल्छ । रिलिज नजिकिँदै गर्दा निर्माण टिमले पोस्टर आउट गरेको हो ।
सुदर्शन थापा निर्देशित फिल्मको सार्वजनिक ‘भन्छु आज’ बोलको गीत हिट लिस्टमा पर्दा पोस्टरमा पनि उक्त गीतको एक लाईन जोडिएको छ । फिल्मको निर्माणमा सुदर्शनसँग अभिनेत्री पूजाले सहकार्य गरेकी हुन् ।