स्टार अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । छायांकनको क्रममा रहेको फिल्मको हालसम्म कुनै पनि फुटेज बाहिर ल्याईएको थिएन् । निर्माण टिमले ७० प्रतिशत आसपास छायांकन सकिँदै गर्दा फर्स्टलुक बाहिर ल्याएको हो ।
सार्वजनिक पोस्टरमा अनमोललाई खतरनाक लुक्समा प्रस्तुत गरिएको छ । तश्विर एक्सनपुर्ण छ । पछिल्ला रिलिज सबै फिल्म भन्दा भिन्न अबतारमा अनमोल प्रस्तुत छन् । अभिनेत्री अदिती बुढाथोकी भने फिचरिङ छैनन् ।
सुवास गिरीले निर्माण गरेको फिल्मको लगानीमा साझेदारी अनमोल पीता भुवन केसीले पनि गरेका छन् । सुरेन्द्र पौडेलले फिल्म निर्देशन गरेका छन् । कार्तिकमा रिलिजको हल्ला चल्दै गर्दा निर्माण टिमले आधिकारिक रिलिज मिति कार्तिक ३ बाहिर ल्याएको हो ।