लामो चर्चा परिचर्चाका बीच युवा स्टार अनमोल केसीको फिल्म ‘कृ’ कार्तिक पहिलो साता रिलिज हुने पक्का भएको छ । बुधबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आदिकारिक रुपमा कार्तिक ३ मा फिल्म रिलिज हुने कन्फर्म गर्यो ।
यसअघि भदौ ८ मा फिल्म आउने चर्चा थियो । सिनेखबर डटकमले फिल्म भदौमा नआउने र कार्तिक रिलिजको तयारी भईरहेको श्रोत सहितको खबर पहिलो पटक प्रकाशित गरेको थियो । अब फिल्म कार्तिकमै आउने आधिकारिक पक्का भएको हो ।
सुरेन्द्र पौडेल निर्देशित फिल्मसँग यसअघि रिलिज लक गरिएको रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ भिड्ने छ । रेखा र अनमोलको भिडन्त हेर्न लायक हुने अनुमान सिनेबृत्तमा छ । यसअघि दशैंमा रिलिजको चर्चा हुँदा पनि रेखाले अनमोलसँग भिड्ने भन्दै ‘कृ’ भर्सेज ‘कसले चोर्यो मेरो मन फेरी’ भिडाउने बोलेकी थिईन् तर उक्त फिल्म तिर नलागी रेखा ‘रुद्रप्रिया’मा व्यस्त भएकी हुन् ।