मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनको चर्चित कमेडी शो द कपिल शर्मा शोमा कमेडियन भारती सिंहको प्रवेश हुने भएको छ । कमेडियन कपिल शर्माको यो शोका प्रमुख कलाकार सुनिल ग्रोवरसहितको एक टोली कपिलसँगको झगडा पछि शो नै छाडेपछि कपिल शोमा शुन्यता छाएको थियो । तर अब उनीहरुको स्थानमा भारतीको आगमन हुने भएपछि कपिल शोको घटेको टीआरपी पनि माथि उक्लिने विश्वास कपिलको छ ।
गत हप्ता यो शोमा चियावालाको चरित्र निभाउने कपिलका बाल्यकालका साथी चन्दन प्रभाकर फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि उपचाररत भारतीय स्वस्थ भएपछि शोमा फर्किने बताइएको छ । उनको लिभरमा स्टोन देखिएपछि उपचाररत छिन् ।
समाचार अनुसार भारती आगामी हप्तादेखि कपिल शोमा देखिनेछिन् । भारतीका सहकर्मी हर्षले भारतीका लागि सिक्वेन्सपूर्ण स्क्रिप्ट लेखिरहेका छन् । हर्षले यसअघि कमेडी नाइट बचाओ र डान्स रियालिटी शो नच बलिए सिजन ८ मा भारतीका लागि लेखिसकेका छन् ।