मुम्बई(एजेन्सी) । बलिउड बादशाह शाहरुख खानसँग पछिल्लो पटक अभिनय गरेको फिल्म ‘दिलवाले’मा अभिनेत्री काजोलले निर्वाह गरेको सस्पेन्स किसिमको भिलेन चरित्र आम दर्शकका लागि निकै चाखलाग्दो बन्यो । शाहरुखको अगाडि बन्दुक बोकेर शाहरुखलाई नै काजोलले थर्काएको दृश्य आमदर्शकका लागि सरफ्राइज जस्तै थियो ।
अब यिनै काजोल एउटा अनौठो भूमिका निर्वाह गर्दैछिन्, जुन भूमिका बलिउड फिल्ममा सायदै भएको छैन । हालसम्म महिलाकै चरित्रमा फिल्ममा देखिएकी काजोल अब एक तमिल फिल्ममा दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तको रुपमा भिलेन चरित्रमा देखिँदैछिन् । रजनीकान्तकी छोरी सौन्दर्याले बनाउन लागेको नयाँ तमिल फिल्म ‘वेलैयिल्ला पट्टाथारी २’मा आफ्ना भिनाजु धनुषको अपोजिट पिता रजनीकान्तलाई खेलाउन सोच बनाए पनि धनुषले त्यसमा असन्तुष्टि जनाएपछि काजोलले अभिनय गर्न लागेकी हुन् ।
रजनीकान्त र उनकी सानी छोरी ऐश्वर्याका पति धनुषबीच विवाद बढेको खबर सञ्चामाध्यममा आइरहेको छ । सौन्दर्याको सम्बन्धविच्छेद हुने हल्ला पनि निकै चलेको थियो ।
घरेलु दर्शकमाझ निराशा छाउने देखिएपछि सौन्दर्याले तुरुन्त स्क्रिप्ट तुरुन्त परिवर्तन गरेकी थिइन् । काजोल भारतका सबै दर्शकले चिन्ने नायिकामा पर्छिन् । जबकी धनुषलाई बलिउडमा कमै मात्रले चिन्छन् ।