मुम्बई(एजेन्सी) । कुनै युवतीले आफ्नो अनुहारमा दाह्री जुँगा लगाईन् भने उनको अनुहार कस्तो देखिएला । त्यो अनुहार कस्तो होला भन्ने अनुमान लगाउने जिम्मा अहिलेलाई पाठकलाई छाडिदियौं । तर बलिउड नायिका विद्या वालन भने दाह्री जुँगा गेटअपमा नौलो रुपमा प्रस्तुत भएकी छन् । आफ्नो सामाजिक सञ्जालमा केही न केही किसिमका फोटो राखेर चर्चामा आइरहन्छिन् ।
हालै मात्र उनले अनुहारमा दाह्री जुँगा लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेपछि शुरुमा त विद्याले कसको तस्वीर राखिन् भनेर सामाजिक सञ्जाल प्रयोगकर्तालाई अन्यौल नै बनाइदियो । तर त्यो तस्वीर विद्याकै हो भन्ने अनुमान लगाउन धेरै समय लागेन ।
उनको त्यो तस्वीर दर्शकका लागि नयाँ लागे पनि उनले भने धेरै अगाडि उक्त तस्वीर खिचेकी थिइन् । समाचार अनुसार एक नाटकका लागि उनले दाह्री जुँगा लगाएकी थिइन् । घरमा उनले पुरानो त्यो फोटो भेटेपछि सामाजिक सञ्जालमा राखेकी थिइन् । उनले तस्वीरसँगै ‘मेरो पहिलो र एक्लो स्टेज नाटक’ भन्दै क्याप्सन पनि लेखेकी छन् ।
विद्या चाँडै नै फिल्म ‘तुम्हारी सुलू’मा देखिँदैछिन् । यो फिल्ममा उनी रेडियो जकीको भूमिकामा देखिनेछिन् । फिल्ममा नेहा धुपिया शीर्ष भूमिकामा छिन् । विद्याले यसअघि सञ्जय दत्तको फिल्म ‘लगे रहो मुन्ना भाई’मा पनि रेडियो जकीको भूमिकामा अभिनय गरेकी थिइन् ।