मुम्बई(एजेन्सी) । बलिउड बक्स अफिसमा सलमान खानको फिल्म ‘ट्युबलाइट’ नचलेपछि यो फिल्मको चर्को आलोचना भईरहेको छ । खास गरी फिल्ममा सलमानले गरेको अभिनयका कारण पनि समिक्षकले फिल्मलाई नराम्रो टिप्प्णी गरिरहेका छन् ।
सलमानको फिल्म नचल्दा सबैभन्दा बढी घाटा वितरकले व्यहोर्नु प¥यो । यो सबै कुरा बुझेका सलमानले आफ्ना फिल्मको वितरकलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन् । सलमान र उनका पिता सलीम खानले फिल्म वितरकलाई झण्डै ५५ करोड रुपैंयाँ फर्काउने निर्णय गरेका छन् ।
सलमानको फिल्मका विषयलाई लिएर फिल्म क्षेत्रमा उत्साह छाइरहँदा फिल्मले सोचे भन्दा कम व्यापार गरेपछि त्यसले फिल्मसँगै फ्यानलाई पनि निराश बनाइदिएको थियो । सलमान आफै पनि फिल्मको असफलताका कारण दिग्दारीमा छन् । त्यसकारण पनि उनले वितरकलाई अझ बढी नोक्सान नहोस् भनेर उनले पितासँग सल्लाह गरर नै क्षतिपूर्ति दिन लागकी हुन् । सलमानको यो निर्णयले फिल्म उद्योगमा एउटा नयाँ मिसाइल आएको चर्चा शुरु भएको छ ।