कमेडी तथा लभस्टोरी जनरामा बनेको फिल्म ‘कमलेको बिहे’को वर्ल्ड प्रिमियर हङकङमा हुने भएको छ । आईतबार साँझ हुने फिल्मको वर्ल्ड प्रिमियरको लागी लिड अभिनेता अनुपबिक्रम शाही हङकङ पुगेका छन् ।
केहि महिना पहिले छायांकन भई सम्पुर्ण किसिमले प्रदर्शनको लागी तयार भएको फिल्मको पहिलो प्रिमियरको लागी शुक्रबार साँझ अनुप हङकङ पुगेका हुन् । अनुप पुग्दा विमानस्थल बाहिर उनको भयंकर स्वागत गरियो । उनीसँग पहिलो पटक फिल्म हेर्ने अबसर रिजर्भ गरेका स्थानिय दर्शकले सँगै बसेर फिल्म हेर्ने अबसर पाउनेछन् ।
हङकङको स्थानिय समय अनुसार आईतबार साँझ ७ बजे ‘याउ मई तई कम्युनिटी हल’मा हुन लागेको प्रिमियर शो को सम्पुर्ण टिकट विक्री भईसकेको बताईएको छ । उक्त हलको क्षमता ७ सय छ । निर्देशक प्रसन्न पौडेलले फिल्मको पहिलो प्रिमियरको सम्पुर्ण तयारी पुरा भएको बताए । फिल्मममा अनुपसँगै सन्ध्या केसी लिड रोलमा छिन् ।
‘कमलेको बिहे’को हङकङ प्रिमियरको चाँजोपाँजो मनिष लिम्बुले मिलाएका हुन् । नेपलिज युथ ईन्टरटेनेन्ट हङकङको पहलमा फिल्मको प्रिमियर हुन लागेको हो । नेपाल रिलिज औपचारिक रुपमा तय भईनसकेको फिल्मलाई दशैं पहिले नै रिलिज गर्ने सोचमा निर्माण युनिट छ ।