अभिनेता द्वय सौगात मल्ल र निखिल उप्रेती स्टारर फिल्म ‘संरक्षण’को प्रिमियर चितवनमा हुने भएको छ । लक्की मिडिया हाउसको आयोजनामा फिल्मको रेड कार्पेट प्रिमियर चितवनमा हुने भएको हो ।
साउन २७ मा रिलिज हुने फिल्मको प्रिमियर साउन २५ को साँझ ६ बजे क्यूएफएक्स जलमा सिनेमा हलमा हुने आयोजक संस्थाका अध्यक्ष हरी कार्की लक्कीले जानकारी दिए । फिल्मले मुख्यतः मधेश आन्दोलनको कथा बोल्छ । फिल्ममा सौगात र निखिलसँगै मलिना जोशी, अशिष्मा नकर्मी ,रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, राज कटुवाल लगायत लिड अभिनयमा छन् । पुर्णेन्द्र झाले फिल्म निर्देशन गरेका हुन् ।
नरेन्द्र महर्जन, प्रदिप कुमार उदयको संयुक्त लगानीमा निर्माण भएको फिल्मको केहि दिन पहिले सार्वजनिक ट्रेलरले दर्शकमाझ लोकप्रियता कमाउँदै छ भने गत बर्ष नै रिलिज ‘होली’गीतले उक्त चाडको समयमा चर्चा पाएको थियो ।