फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा एक करोड भ्युअर्स पार गरको छ। युट्युबमा रिलिज भएको ४९ दिनमा नै गीतले एक करोड भ्युज पार गरेको हो। यसैबिचमा सोमबार फिल्म ‘२ रुपैयाँ’ निर्माण युनिटले गीतलाई माया गर्ने सम्पूर्ण दर्शकलाई धन्यवाद दिदै पत्रकारका बीच केक काटेर खुसीयाली मनाएको छ।
‘कुटुमा कुटु’को सेलिव्रेसन पार्टीमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक तथा एरेन्जर राजन इशान, निर्देशक असिम शाह, फिल्मका नायक आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए। फिल्मका अर्का नायक निश्चल बस्नेत र कलाकार बुद्धि तामाङ भने कार्यक्रममा सहभागी थिएनन।
भदौ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘२ रुपैयाँ’मा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेकुका प्रधान लगायतको अभिनय रहेको छ।