मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’ समिक्षासँगै व्यावसायिक हिसाबमा पनि असफल बनिसकेको छ । फिल्म वितरकको झण्डै ७५ करोड रुपैयाँ नोक्सान भएपछि सलमान र उनका पिता सलिमले ५० देखि ५५ करोड रुपैंयाँ फिर्ता गरिदिने आश्वासन दिइसकेका छन् । तर त्यो पैसा कसरी तिर्छन् भन्ने आम चासो चलिरहँदा वितरकको पैसा फिर्ता गरिदिनका लागि आफुहरुसँग रहेको एक सम्पत्ति भाडामा लगाएका छन् ।
भारतीय सञ्चारमाध्यमा अनुसार हालै मात्र सलमानले लिङकिङ रोडमा एउटा जग्गा खरिद गरेका थिए । त्यो जग्गा अहिले बिग बजारको फ्यूचर ग्रुपलाई भाडामा दिएका छन् । सलमानले यो जग्गालाई १ सय २० करोडमा खरिद गरेका थिए । सलमानले यो जमिन भाडामा माििसक ८० लाख रुपैंयाँमा दिएका छन् । एक वर्ष पछि यो जग्गाको मासिक भाडा १० लाख रुपैंयाँ हुनेछ । सलमानले जमिनका लागि २ दशमलब ६ करोडको सेक्युरिटी पनि लिएका छन् ।
यो डिलमा सलमान आफै उपस्थित नभए पनि सम्झौता पत्रमा उनका पिता सलिमले हस्ताक्षर गरेका छन् । यो सम्पत्तिमा एक बेसमेन्ट र दुई घर छन् । पाँच वर्षसम्मका लागि सलमानले जग्गा भाडामा लगाएका छन् । यो जमिनमा एक सोसाइटी थियो, जहाँ १६ वटा फ्ल्याट थियो । सलमानले २०१२ मा त्यसलाई भत्काएर एक व्यावसायिक भवन बनाउने काम शुरु गरेका थिए । बक्स अफिसमा ट्युबलाइटले केबल १ सय ५० करोड मात्र कमाउन सक्यो ।