नेपालमा दोस्रो हप्तामा प्रदर्शन भैरहेको फिल्म ‘धनपति’ अब विदेशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने भएको छ। नेपाल रिलिज अगाडि अमेरिकामा प्रदर्शन गरिएको फिल्म ‘धनपति’ले नेपालबाट प्रदर्शनको दुईदिनमा करोड विजनेश गरेको खबर बाहिर आएको थियो। नेपालमा निकै रुचाइएको फिल्म ‘धनपति’ अब यूकेका विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ।
‘धनपति’लाई यूकेमा सबै शहरहरुमा प्रदर्शन गर्ने अनुमती ३२ बक्सले पाएको छ। ३२ बक्सका एलबिजेट गुरुङका अनुसार फिल्म फोल्कस्टोनस्थित टावर थ्रिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लन्डन सफारी सिनेमा हलमा २०१७ अगस्ट १९ मा फिल्म ‘धनपति’ रिलिज हुनेछ।
‘पशुपतिप्रसाद’को सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो। खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन्।
खगेन्द्र लामिछाने बाहेक फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतको अभिनय छ। ‘धनपति’ को सहायक निर्माता ओम गुरुङ हुन् भने फिल्मको निर्मात्री रोजिना सिटौला हुन्।