सलमान खान अभिनित चलचित्र ‘दबंग’को प्रत्येक सिक्वेलले बलीउड बक्सअफिसमा राम्रै तहल्का पिट्दै आएको छ । अब चाँडै ‘दबंग ३’ पनि बन्दैछ, त्यसका लागि अहिले नायिकाको खोजी गरिरहेका छन् निर्माता अरबाज खान । सलमान खान मुख्य भुमिकामा रहने ‘दबंग ३’ मा नायिका परिणीति चोपडा हुने बताइएको थियो । यतिसम्मकी अरबाजले परिणीतिसँग चलचित्र ‘दबंग ३’ का लागि सम्झौता पनि गरेको खबरले एकपटक बलीउड राम्रै तातेको थियो । यो कुरा हल्लामा मात्र सिमिति हुँदै गर्दा चलचित्र दबंग ३ मा सोनाक्षी सिन्हा हुने पनि हल्ला गाइँगुइँ चल्यो तर त्यो हल्ला हल्लामा मात्र सिमिति भयो । तर यो विषयमा पहिलो पटक निर्माता अरबाज खानले मुख खोलेका छन् । उनका अनुसार चलचित्रका ‘दबंग ३’ का लागि काजोल देवगनलाई अफर गरिएको थियो । उनले एक अन्तर्वार्तामा भने -‘दबंग ३ काम लागि हामीले कालोजलाई अफर गरेका थियौ तर उहाँले काम गर्न मान्नु भएन । दबंग–३ मा हिरोइनको रोल दमदार छ । तर, एक्सनम मात्रै गरेर हुँदैन अभिनय पनि निकै राम्रो गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार अहिलेसम्म चलचित्रका लागि कुनै पनि नायिका छनौट गरिसकिएको छैन ।