प्रदीप खड्का अहिलेका एकदमै चर्तित नायक हुन्। विशेषगरी युवापुस्तामा लोकप्रिय बनेका प्रदीप फिल्म ‘प्रेमगीत’ बाट चर्चामा आए। ‘इस्केप’बाट फिल्म नगरीमा डेब्यु गरेका प्रदीपलाई पहिलो फिल्मले नमज्जाको झड्का दिएको थियो। उनि अभिनित पहिलो फिल्म नै फ्लप हुन पुग्यो। फिल्म क्षेत्रमा भविष्य बनाउछु भन्ने सोच लिएर यस क्षेत्रमा होमिएका उनलाई पहिले फिल्मको असफलताले केहि निराश तुल्यायो।
उनीमा फिल्मी करिअरको चित्ना थियो नै। उनले जसरी भए पनि फिल्म क्षेत्रलाई एउटा सफल फिल्म दिनु थियो। त्यसै बेला फिल्म ‘चंखे शंखे पंखे’ निर्माण गरेर असफलतालाई बुझिसकेका अर्का निर्माता सन्तोष सेनको नजर उनीमा पुग्यो। सन्तोषले उनलाई फिल्म ‘प्रेमगीत’ को अफर गरे। प्रदीपलाई फिल्मको स्टोरी मन पर्यो र काम गर्न तयार भए।
चुनौती दुबैलाई थियो। एक एक पटक असफलता व्यहोरेका निर्माता सन्तोष र नायक प्रदीपलाई पनि। दुबैलाई हिट फिल्मको खाचो थियो। फिल्म ‘प्रेमगीत’ निर्माण भयो। निर्देशक थिए सुदर्शन थापा। फिल्ममा प्रदीपले नायिका पूजा शर्मासँग जोडी बाधेका थिए।
‘प्रेमगीत’ २०७२ को माघमा प्रदर्शनमा आयो। फिल्म एकदमै हिट भइदियो। फिल्मको सफलतासँगै प्रदीपको उचाई एका एक आकासियो। त्यस पश्चात उनलाई आफ्नो फिल्ममा अभिनय गराउनको लागि धेरै निर्माता निर्देशक उनको घर सम्म पुगे। तर पनि उनले अरु फिल्ममा काम गरेनन। कारण थियो, उनले पहिलो फिल्म ‘प्रेमगीत’मा अनुबन्धित हुदा नै ‘आसुसेन फिल्मस्’को ब्यानरमा बन्ने अर्को फिल्ममा पनि काम गर्ने मन्जुरी गरेका थिए।
त्यसैले उनले ‘आसुसेन फिल्मस्’को ब्यानरमा बनेको फिल्म ‘प्रेमगीत २’ मा काम गरे। जुन साउन १३ गते बाट प्रदर्शनमा आउदै छ। ‘प्रेमगीत’ बाट पाएको उनको चर्चा अहिले झन् बढ्दै गएको छ। ‘प्रेमगीत २’ ले आयोजना गरेको मोफसल कन्सटले पनि उनको फ्यान कत्ति छन् भन्ने छर्लंग पारिदियो। मोफसलमा कन्सटको लागि पुग्दा उनि सबै तिर दर्शक तथा फ्यानले घेरिएको देखिन्थे।
प्रदीपको पारिश्रमिक कति त ?
फिल्म क्षेत्रमा अलि चलेका कलाकारहरुले निर्माता तथा निर्देशकहरुसँग आफ्नो पारिश्रमिकलाई लिएर ठुलै माग गरहेका हुन्छन्। पारिश्रमिकको हिसाबमा अहिले सम्मकै सबै भन्दा महँगो नायक हुन् अनमोल केसी। उनले फिल्म ‘कृ’को लागि २० लाख पारिश्रमिक लिएका छन्। त्यसो त अनमोलको विकल्पका रुपमा हेरिएका प्रदीपले एक फिल्ममा अभिनय गरेको कत्ति लिन्छन त ?
हो हामी सबैलाई जान्न मन लागेको कुरा आखिर प्रदीपको पारिश्रमिक कति होला त ? यो कुरालाई पनि छर्लंग पारिदिएका छन् प्रेमगीत निर्माता सन्तोष सेनले। सन्तोष भन्छन ‘प्रेमगीतको लागि प्रदीपलाई मैले २ लाख दिएको थिए। तर ‘प्रेमगीत २’ मा चाही ८ लाख दिएको छु।’ प्रदीपको मेहनत र उसले फिल्मको लागि गरेको दुख सम्झेर उसलाई ८ लाख पारिश्रमिक दिएको निर्माता सेनले बताए। ‘प्रदीपले मेरो फिल्म ‘प्रेमगीत २’ को लागि २ वर्ष खर्चेको छ’, उनले थपे।