सुटरहिट फिल्म ‘छक्का पञ्जा’ को दोश्रो संस्करण ‘छक्का पञ्जा २’ले प्रचार थालेको छ । असोजमा रिलिज हुने फिल्मको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रकमा बीच पहिलो गीत रिलिज गरियो । ‘ए दाजु नसमाउ’ बोलको गीतमा लिड कलाकार केदार घिमिरे, स्वस्तिमा खड्का, बर्षा राउत, जितु नेपाल, स्वरुप पुरुष फिचरिङमा छन् ।
प्रतिच्छित मानिएको फिल्मको गीतको बोलमा ‘हिलो लाग्ला नाईलनको साडीमा’ भनिएको छ, तर गीतमा फिचर अभिनेत्रीहरुले साडी पहिरेको देखिँदैन्, जसका कारण कमेन्ट भने धेरै नेगेटिभ आएको छ । अधिकांश दर्शकले गीतको बोल अनुसारको ड्रेस ‘म्याच’ नगरिएको लेखेका छन् भने केहिले करोड भ्यू पार गरेका ‘सुर्के थैली’ र ‘पुर्व पश्चिम रेल’को जति भ्यू पाउला नपाउला भन्ने प्रश्न छाडेका छन् ।
गीतमा कोरियोग्राफी कविराज गहतराजको छ भने क्यामेरा दिर्घ गुरुङले चलाएका छन् । अल्मोडा राना र सुजता बर्माले स्वर दिएको गीतमा संगीत पनि अल्मोडाको छ । दिपाश्री निरौलाले फिल्म निर्देशन गरेकी हुन् । असोज ११ मा यो फिल्म दर्शकमाझ आउनेछ ।