‘छक्का पञ्जा’ टिमले फिल्म सुटिङ गरेको ठाउँ पनौती क्षेत्रका स्थानियबासीलाई एम्बुलेन्स वितरण गरेको छ। काभ्रे पलाञ्चोकको पनौतिस्थित ‘उग्रेन बचत तथा ऋण सहकारी संस्था’लाई दिपकराज गिरी र दिपाश्री निरौलाले शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
फिल्म ‘छक्का पञ्जा’ सुपरहिट भएसँगै दिपक र दिपाले फिल्म सुटिङ गरिएको पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए। शुक्रबार ‘छक्का पञ्जा २’को गीत रिलिज कार्यक्रममा उपस्थित पत्रकारका बीच सहकारी संस्थालाई एम्बुलेन्स पनि हस्तान्तरण गरिएको हो।
फिल्म ‘छक्का पञ्जा २’ अशोज ११ गते बाट प्रदर्शनमा आउदै छ। फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्।