आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगीत २’ टिम यतिबेला प्रचारमा व्यस्त छ । केहि दिन पहिले मोफसल दौडाहामा पुगर कन्सर्ट गर्दै प्रचारमा उत्रिएको टिमले रिलिज मिति नजिकिँदै गर्दा भने राजधानी केन्द्रित प्रचार तिब्र बनाएको छ । शुक्रबार र शनिबार राजधानीमा भव्य कन्सर्ट सम्पन्न भयो ।
ललितपुरको लगनखेल, भक्तपुरको सुर्यविनायक, किर्तिपुर खेल मैदान, गौशाला, नयाँ बसपार्क क्षेत्रमा सम्पन्न छुट्टा छुट्टै कन्सर्टमा सयौं दर्शक सहभागी भए । जहाँ फिल्ममा अभिनेता प्रदिप खड्का हटकेक बने । लिड कलाकार अश्लेशा शाही ठकुरी, श्रद्धा प्रसाईं लगायत निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठक कन्सर्टमा उपस्थित रहे ।
कन्सर्ट चल्दै गर्दा प्रदिप सेल्फी र तश्विरमा घेरिए । सयौं फ्यानले उनलाई घेरेको दृश्य प्राप्त तश्विर बोल्छ । युवायुवती फ्यानहरु उनलाई घण्टौं पर्खेर बसेका थिए । फिल्मको यसअघि सार्वजनिक ट्रेलर तथा गीतले राम्रो लोकप्रियता कमाएको छ । ‘प्रेमगीत २’ दुई बर्ष पहिले रिलिज सफल फिल्म ‘प्रेमगीत’ को सिक्वेल हो ।