लसएञ्जल्स(एजेन्सी) । हलिउड फिल्म ‘जेम्स बोण्ड’मा मुख्य भूमिका निर्वाह गर्दै आएका अभिनेता डेनियल क्रेग फिल्मको २५ औं संस्करणमा दोहोरिएका छन् । यो फिल्म सन् २०१९को नोभेम्बरमा रिलिज हुनेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेम्स बोण्डको अफिसियल ट्वीटरले केही महिनादेखि डेनियलसँग फिल्मका लागि वार्ता र छलफल भइरहेको थियो । फिल्मले बक्स अफिसमा मिश्रित प्रतिक्रिया पाइरहँदा यसको ‘स्काइफल’ सेरिजले रेकर्ड तोड्दै पैसा कमाएको थियो । फिल्मको वितरण पार्टनर, अन्तर्राष्ट्रिय रिलिज डेट, कलाकार र निर्देशक केही समयपछि निश्चित गरिनेछ ।
यसअघि सोनीको इओन प्रोडक्सनसँग फिल्मको वितरणको डिल भए पनि फिल्म ‘स्पेक्टर’ रिलिज पछि त्यो डिल तोडिएको थियो । अहिले वार्नर ब्रोज, युनिभर्सल र फक्स जस्ता विश्वविख्यात फिल्म वितरक कम्पनीले आफ्नो पक्षमा वितरण अधिकार लिन वार्ता शुरु गरिसकेका छन् । फिल्मको लेखन निल पर्भिस र रोबर्ट वेडले गर्नेछन् । उनीहरुले विगत ६ वटा बोण्ड फिल्मको कथा लेखिसकेका छन् ।