बलीउडमा कुनै अभिनेत्री वा अभिनेता अफयेरमा हुनु सामान्य भइसकेको छ । तर बेला बखतमा आउने प्रेमसम्बन्धका खबरहरुले एकपटक राम्रै हंगामा गर्ने गर्छ । केही महिना अगाडीमात्र रणवीर कपुरसँग ब्रेकअप भएको हल्ला थियो अभिनेत्री क्याट्रिना कैफको तर यही बिच फेरी बलीउडमा क्याट्रिना र आदित्य राय कपुर प्रेमसम्बन्धमा रहेको हल्ला चलेको छ । हाल क्याट्रिना कैफ, आदित्य राय कपुर, परिणीति चोपडा, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा र वरुण धवन अहिले अमेरिका टुरमा छन् । उनीहरू एउटै कार्यक्रमका लागि अमेरिका पुगेका हुन् । यही टुरमा उनीहरुको निकटतालाई देखेर अहिले बलीउडमा प्रेमसम्बन्धमो चर्चा चल्न थालेको हो । यो हल्ला बलीउडमा गाइँगुइँ सुनिन थालेपछि आदित्यका एक नजिकको मित्र भन्छन्– ‘आदित्य र रणवीर राम्रा साथी हुन्, रणवीरसँग सम्बन्ध बिग्रिएकाले आदित्य र क्याट्रिना नजिक हुनै सक्दैनन् ।’