मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’मा आफ्नो भिलेन भूमिकाबाट आम दर्शकको मन जितेका कलाकार राणा दग्गुबतीले अब हलिउडमा पाइला चाल्ने भएका छन् । उनले ट्वीटरमार्फत आफ्नो पहिलो इन्टरनेशनल प्रोजेक्टको घोषणा गरिदिएका छन् ।
उनका अनुसार यूकेको स्टूडियो द लन्डन डिजिटल मूवी एन्ड टीवी स्टूडियोजले उनलाई एसियन एम्बासेडर बनाएको छ । उनले स्टुडियोसँग एक फिल्मका लागि हस्ताक्षर पनि गरेका छन् । समाचार अनुसार फिल्मको सुटिङ २०१८बाट शुरु हुनेछ । फिल्मको निर्माण भारती कोमन्नाले गर्नेछन् । राणा आफ्नो आउन लागेको फिल्म ‘नेने राजू नेने मन्त्री’को तयारीमा छन् ।