लक्ष्मीपुजा अर्थात कात्तिक २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’को अडियो गीत रिलिज भएको छ। ‘रुमाल चिनो देउ’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ। गीतमा राजनराज र मेलिना राईले स्वर दिएका छन्।
रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन्। फिल्मको निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन्। संजय लामाको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ। गीतको अफिसियल भिडियो भने यही साउन १८ गते रिलिज हुनेछ।