नायिका संचिता लुइटेलको मुख्य भूमिका रहेको फिल्म ‘लिला’ले समाजसेवा गर्दै फिल्मको प्रचार प्रसार सुरु गरेको छ। भदौ ३० गतेदेखि प्रदर्शनमा आउने ‘लिला’ युनिटले आइतबार पशुपतीस्थित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई भोजन गराएको हो।
निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर फिल्म युनिटले बृद्धबृद्धालाई भोजन गराएको हो। पशुपतिमा बृद्धबृद्धालाई भोजन गराउन नायिका लुइटेलसँगै नायक राज कटवाल, कलाकार तथा निर्माता सिपी पौडेल, हाँस्य कलाकार देबिराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायत त्यहाँ पुगेका थिए।
‘सिने दर्पण इन्टरटेमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। सिपी पौडेल कार्यकारी निर्माता रहेको यस फिल्ममा लक्ष्मण बस्नेत र विमला घिमिरेको पनि लगानी रहेको छ। फिल्ममा संचिता लुइटेल, मलिना जोशी, राज कटुवाल, धुर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय छ।