मुम्बई(एजेन्सी) । बलिउडको सानो पर्दाका दुई कमेडी किङ सुनिल ग्रोवर र कपिल शर्मा पछिल्लो केही दिनदेखि एकसाथ देखिइरहेका छन् । झण्डै महिना दिन अघि दुवैको सम्बन्ध बिग्रिएपछि अलग्गिएका उनीहरु अहिले सम्बन्ध सुधार्ने ध्याउन्नमा छन् । कपिलले बिहीबार परेको सुनिलको जन्मदिनमा उनलाई ट्वीटरमार्फत शुभकामना दिएका थिए ।
‘मेरो साथी, मेरो भाई र एक राम्रो कलाकारको जन्मदिनमा बधाई, आफ्नो प्रतिभाका साथ जहिल्यै पनि चम्किइरहनु ।’ उनले ट्वीटेका छन् । कपिलको यो सन्देशलाई सुनिलले पनि निकै प्रेमका साथ प्रतिक्रिया दिएका छन् । ‘धन्यवाद भाइ, तिमी मेरा लागि भगवानको एउटा उपहार । तिमीलाई धेरै माया’ सुनिलले प्रतिक्रिया दिएका छन् ।
यी दुई कलाकारबीच सम्बन्ध जेजसरी बिग्रिए पनि उनीहरुको सम्बन्धमा सुधार आउनु फ्यान र टेलिभिजनका लागि पनि फाइदाको कुरा भएको सञ्चारमाध्यमले जनाएका छन् ।