देवकुमार श्रेष्ठ निर्देशित फिल्म ‘ह्याप्पी न्यु ईयर’ को टिजर सार्वजनिक भएको छ। पुष १४ गतेलाई फिल्मको रिलिज मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको यो फिल्ममा नयाँ वर्षमा घटेको एक घटनालाई देखिएको छ।
‘आर के एम प्रोडक्सन’को व्यानरमा निर्माण भएको फिल्ममा रती थापाको लगानी छ। फिल्मका सहनिर्माता ‘एप्पल इन्टरटेनमेन्ट’का मनोज अधिकारी हुन्। लभस्टोरी फिल्ममा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम, ईश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ। फिल्ममा बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत रहेको छ।