यम थापाका लेखन तथा निर्देशनमा नयाँ फिल्म ‘हुर्रे’ निर्माण हुने भएको छ। डार्क कमेडी भनिएको फिल्म ‘हुर्रे’मा केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल, विजय बराल, अंकित खड्का लगायतको मुख्य भुमिका रहने छ।
आइतबार राजधानीमा एक कार्यक्रमको आयोजन गरी फिल्मको निर्माण घोषणा गरिएको हो। फिल्ममा पशुपति क्षेत्र वरिपरी हुने वास्तबिक घटना समेटिएकाे निमार्ण पक्षले जनाएकाे छ।
यसअघि यम थापाले ‘राज्जा रानी’ निर्देशन गरीसकेका छन्, जुन प्रदर्शनको तयारीमा छ। ‘राज्जा रानी’मा पनि केकी अधिकारीको नै मुख्य भूमिका रहेको छ। त्यस्तै केकी र अनुपले फिल्म ‘हाउ फन्नी’मा एकसाथ काम गरिसकेका छन्।
‘द याक्का इन्टरटेनमन्ट’को ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता सोनम लामा व्लोन, छिरिङ दोर्जे लामा हुन्। फिल्ममा कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर, विक्रम स्वार र रोशन भट्टराइको नृत्य निर्देशन, शिव ढकालको छायाँकन, चन्दन दत्तको सम्पादन रहने पक्का भएको छ। फिल्मको छायाँकन भदौको दोस्रो साताबाट सुरु हुनेछ।