साउन २७ गते प्रदर्शनमा आउँन लागेको फिल्म ‘संरक्षण’ले मोफसल दौडाह सुरु गरेको छ। पुर्वको बिर्तामोडबाट सुरु गरेको मोफसल दौडाह दमक, धरान, जनकपुर, बिरगंज, हेटौडा, पोखरा, बुटवल हुँदै नारायणगढ आएर सकिनेछ।
यो दौडाहमा निर्माण युनिटले फिल्मको जानकारी दर्शकमाँझ पुर्याउने छ। टिमले नारायणगढमा बुधबार फिल्मको प्रिमियर शो पनि गर्दै छ। मोफसल टुरमा फिल्मका कलाकारहरुले दर्शकसँग सक्षात्कार गर्नेछन। ट्रेलर, गीत र पोस्टरले गर्दा ‘संरक्षण’ पछिल्लो समय चर्चामा छ।
पुर्णेन्दु झा निर्देशित फिल्मले मधेश राजनीतिको कथा बोल्नेछ। फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतको अभिनय रहेको छ। फिल्ममा प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको संयुक्त लगानी छ।