फिल्म ‘प्रेम गीत २’ युनिटले बाढी प्रभावितलाई राहत स्वरुप रकम र खाद्यन्न वितरण गरेको छ। निर्माता सन्तोष सेन, नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी लगायतको टोली बिहिबार सर्लाहीका छत्रआना र रामपुर क्षेत्र पुगेर त्यहाका बाढी पिडितलाई सहयोग गरेको हो।
फिल्मले गत शुक्रबार गरेको व्यापार र त्यसमा केही रकम थप गरेर ‘प्रेम गीत २’ टिमले सर्लाहीका बाढी प्रभावितलाई सहयोग गरेको हो। टिमले त्यहाँको ‘युनाइटेड युथ क्लब’लाई बाढी पिडितको सहयोगमा चार लाख नगद हस्तान्तरण गरेको छ भने सोही रकम बराबरको खाद्यन्न पनि वितरण गरेको छ। त्यहाँको अवस्था निकै दु:ख लाग्दो भएकाले अन्य बाढी प्रभावितलाई पनि सहयोग गर्ने टिमले जनाएको छ।साउन १३ गतेबाट प्रदर्शनमा आएको फिल्म अहिले पनि केही हलहरुमा प्रदर्शनरत छ। फिल्म ‘प्रेम गीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन्। तर उनि भने राहत वितरणको लागि त्यहाँ पुगेका छैनन्।