अहिले हलमा फिल्म ‘जोनी जेन्टलम्यान’ प्रदर्शनरत छ। गएको शुक्रवार अर्थात भदौ ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जोनी जेन्टलम्यान’ले सुखद व्यापार गरिरहेको छ। मिश्रित प्रतिक्रिया पाएको फिल्मले शुक्रवार राम्रो व्यापार गर्न नसके पनि शनिवार भने हाउसफुलको व्यापार गर्यो। आइतवार भने फिल्मको व्यापारमा कमि देखियो।
वितरक सुनिल मानन्धरले फिल्मले ३ दिनमा १ करोड ५ लाख ग्रास कलेक्सन गरेको बताए। उनका अनुसार राजधानीबाट कुल ५७ लाख र मोफसलबाट ४८ लाख बराबरको कलेक्सन फिल्मले गरेको छ। प्रदर्शनको पहिलो दिन फिल्मले मोफसलबाट १७ लाख र राजधानीबाट १८ लाख कलेक्सन गरेको थियो। दोस्रो दिन मोफसलबाट २७ लाख र राजधानीबाट २८ लाख रुपैयाँ व्यापार गर्न सफल फिल्मले तेस्रो दिन मोफसलबाट ४ लाख र राजधानीबाट ११ लाख मात्र कलेक्सन गर्यो। तसर्थ फिल्मको कुल कमाई १ करोड ५ लाख पुगेको छ।
नितिन चन्दको निर्देशनमा तयार भएको फिल्मल्ली एन्ड्रियु पौडेल र अजय मल्ल ठकुरीले निर्माण गरेका हुन्। फिल्ममा पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको छ।