 नौं वर्ष अगाडी निर्माण घोषणा भएको फिल्म ‘सूर्योदय-The sunrise Sonam and her husband’s’ अब निर्माण हुने भएको छ। २०६५ सालमा ‘द स्काई मुभिज’द्वारा निर्माण घोषणा गरिएको उक्त फिल्मलाई अहिले ‘कान्छी’ निर्देशनमा व्यस्त निर्देशक आकाश अधिकारीले निर्देशन गर्ने भएका छन्।

 ‘घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी मान्नु पर्ने’ बहुपती प्रथामा निर्माण हुने फिल्मको लागि खोज अनुसन्धान गर्दा लामो समय लागेकोले समयमै निर्माण गर्न नसकिएको निर्देशक अधिकारीले जानकारी दिएका छन्। ‘हामीले यस विषयबस्तुमा सिमित लगानीमा डकुमेन्ट्री बनाएको भए, उहिले तयार गरिसक्थ्यौ।’ आकाशले भने, ‘तर, लोप हुँदै गैरहेको ‘बहुपती’ प्रथालाई फिचर फिल्म मार्फत विश्वव्यापी रुपमा चिनाउने उदेश्य रहेकाले लामो समय लगाएका हौ।’ उनका अनुसार फिल्म ८ देखि १० करोडसम्मको लगानीमा निर्माण हुने छ।

 उत्तर पूर्वी डोल्पा र उत्तर पश्चिम मनाङ, मुस्ताङमा व्याप्त रहेको ‘बहुपती’ प्रथा निर्माणको लागि नेपालमा पहिलो पटक रेड क्यामरा भित्र्याइएको थियो। ‘सुर्योदय’ निर्माण ढिलाई हुँदा उक्त रेड क्यामराबाट आकाशले ‘काठमाडौँ’ नामक फिल्म निर्माण गरेका थिए।

फिल्म ‘सूर्योदय’ निर्माणमा ‘द स्काई मुभिज’सँग स्वदेशी तथा विदेशी संघसँस्थाले सहकार्य गर्नेछन्। साथै, स्वदेश र विदेशका संघसंस्थाले यसको ‘कपीराइट’ प्रतिलिपी अधिकार सुरक्षित गरिसकेका छन्। ‘कान्छी’ निर्माण पछी २०१८ बाट ‘सुर्योदय’ निर्माणको थालनी हुनेछ। ‘बहुपती’ प्रथामा निर्माण गरिएको डकुमेन्ट्री ‘Research about the sunrise’ युट्युबमा सार्वजनिक गरिसकिएको छ।