नायक रमेश उप्रेती कुनै समय एकदमै रुचाइएको नाम हो। कुनै समयको सुपरस्टार नायक फिल्म नगरीमा जम्दै गर्दा नै अमेरिका भासिए। लामो अमेरिका बसाइ पछि उनलाई नेपाल अनि नेपाली फिल्ममा गरिएको अभिनयको यादले सतायो। उनि नेपाल फर्किए।
नेपाल फर्किए सँगै उनले फिल्म ‘ब्रासलेट’मा काम गरे। तर बिडम्बना उनलाई दर्शकले बिर्सिए या अरु केही, फिल्मले राम्रो व्यापार गर्न सकेन। अहिले रमेश आफ्नै निर्माणमा तयार भएको फिल्म ‘ऐश्वर्य’ मार्फत फेरी दर्शकमाझ आउन लाग्दै छन्।
उनै रमेश उप्रेती दशैं भन्ने बित्तिकै बच्चा बेलाको समयलाई सम्झिन्छन्। उनि सानोमा निकै चतुर थिए। दशैंमा टिका लगाउदा उनको आखाँ पहिला पैसामा जान्थ्यो। घर परिवारकाले छोरो मान्छेलाई टिका लागेर पैसा नदिने भएकाले उनि आफै पैसा खोसेर लिन्थे।
हेर्नुहोस् नायक रमेश उप्रेतीसँग दशैं विशेष र फिल्म ‘ऐश्वर्य’को बारेमा गरिएको पुरा कुराकानी :