अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘तान्द्रो’को ट्रेलर सार्वजनिक भएको छ। सत्य घटनामा आधारित फिल्मले १२ बर्षे जनआन्दोलनको घटनालाई मुख्य बिषयवस्तु बनाएको छ। बिभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा सहभागी जनाइसकेको ‘तान्द्रो’ नेपालमा भने कात्तिक २४ गते प्रदर्शन हुदैछ।
साम्तेन भुटियाले निर्देशन गरेको फिल्म ‘तान्द्रो’ले ६० सालको जनआन्दोलनमा माओवादी लडाकु रहेका गंगा बहादुर लामाको कथालाई उठाएको छ। लामाले आफुले भोगेको दुख, देखेको सपनाहरुको संग्रह स्वरुप ‘स्मृतीका डोबहरु’ नामक किताव तयार गरेका थिए। सोही कितावमा आधारित रहेर ‘तान्द्रो’ निर्माण भएको छ।
शतिस कुमार गौतमको लगानी रहेको फिल्ममा निश्चल बस्नेत र रामबाबु गुरुङ कार्यकारी निर्माताका रुपमा रहेका छन्। ‘ब्ल्याक हर्स पिक्चर्स’ र ‘सिनेमा आर्ट’को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङसँगै रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतको अभिनय रहेको छ।