अभिनेत्री बर्षा राउत नेपाली फिल्म क्षेत्रमा एकपछि अर्को हिट फिल्म दिदै अगाडि बढिरहेकी छिन् । बर्षाको लगातार हिट फिल्मका कारण उनलाइ भविष्यको स्टार भन्नेहरुको पनि कमी छैन । तर, बर्षाले आजसम्म आफ्नै कारणले हिट फिल्म भने दिन पाएकी छैनन् ।
बर्षा ‘नाइ नभन्नु ल ४ देखि छक्का पन्जा २’ चल्नुमा आफ्नो कुनै हात नभएको पनि स्विकार गर्छिन् ।तर, पनि दशैमा रिलिज भएको फिल्म ‘छक्का पन्जा २’ले भने बर्षालाइ निकै खुशी दिएको छ । यही खुशी साट्नका लागि बर्षा अहिले प्रेमी संजोग कोइरालासँग रारा पुगेकी छिन् ।
रारामा बर्षा र संजोगले आफ्नो यात्रा सुरु भएको भन्दै विभिन्न तस्बिरहरु फेसबुकमा पोष्ट गरेका छन् । फिल्म यात्रामा चर्चित बन्दै गरेकी बर्षा प्रेम जीवनमा पनि सफल छिन् ।