बलिउडका वादशाह मानिने अभिनेता साहरुख खानले अभिनय गरेका ७० बढी फिल्ममा उनको सबैभन्दा बढी प्रशंसा, फिल्म ‘कभी हाँ कभी ना’मा हुन्छ । साहरुखले, आफ्नो करिअरमा सबैभन्दा राम्रो अभिनय यो फिल्ममा गरेको समिक्षकहरु अहिले पनि टिप्पणी गर्छन् ।
यो फिल्मका निर्देशक थिए, कुन्दन शाह । उनै, कुन्दनको शनिबार निधन भएको छ । कुन्दनले आफ्नो करिअरमा ‘जाने भी दो यारो र कभी हाँ कभी ना’ नामक फिल्म मात्र निर्देशन गरेका थिए । तर, यी दूइ फिल्मले उनलाइ चर्चित बनाइदियो ।
कुन्दनको निधनमा बलिउडका अभिनेता, अभिनेत्रीदेखि निर्देशक र निर्माताले दुःख व्यक्त गरेका छन् । कुन्दनको ६९ बर्षको उमेरमा निधन भएको हो ।
अभिनेता साहरुख खान, निर्माता करण जोहर, निर्देशक महेश भट्ट, अभिनेत्री रविना टन्डन, अभिनेता वरुण धवन लगायतले कुन्दनको निधनमा दुःख व्यक्त गरेका छन् ।