अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणका कारण फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को छायांकन यूकेमा हुन पाएन । यो फिल्मको नेपाल छायांकन सम्पन्न भैसकेको छ । फिल्मको नाम नै लण्डनसँग जोडिएकाले यूकेमै खिच्नुपर्ने कथाको काम छ ।
नेपालबाट भदौमा नै फिल्मकी निर्देशक रेनशा वान्तवा राइ र अभिनेता धिरज मगर लण्डन गएका थिए । तर, उनीहरुले साम्राज्ञीको भिसाको पर्खाइ गरे । साम्राज्ञीलाइ नेपालस्थित बेलायती राजदुतावासले लामै समय कुरायो र भिसा दिएन ।
साम्राज्ञीको भिसा नआएपनि दशैको टिकाको दिन फिल्मकी निर्देशक रेनशा वान्तवा राइ नेपाल फर्किइन् । रेनशाले अब सम्पूर्ण तयारी सकेर मात्र आफू यूके जाने बताइन् । धिरज र साम्राज्ञीको प्रेमलाई पर्दामा उतार्न लागेकी रेनशाले अब अर्को सेड्यूल कहिले हुन्छ भन्न सक्ने अवस्था छैन । साम्राज्ञीको भिसा आएपछि मात्र नयाँ सेड्यूल बनाउने उनको भनाइ छ ।
यस्तै, कात्तिक ७ गतेबाट यूके र स्कटल्याण्डमा फिल्म ‘लिलिबिली’को छायांकन गर्ने तयारी गरेका निर्देशक मिलन चाम्सले पनि फिल्मकी नव–अभिनेत्री रेविका गुरुङको भिजा नआएपछि केही दबाब महशुश गरिरहेका छन् । रेविका पनि यूकेमा फिल्मको छायांकन गर्न गाह्रो छ ।