शनिबार बेलुकी काठमाण्डौको कर्मा बारमा छुट्टै रौनक थियो । यो बारमा शनिबार रौनक हुनुको कारण थिए, बलिउडका चर्चित गायक हिमेश रेशमेनिया । हिमेशको कन्सर्ट भएकाले पनि यूवायूवतीहरु कर्मा बार पुगेका थिए ।
केही मिडियालाई भने हिमेशको कार्यक्रम भन्दा पनि अभिनेता सलोन बस्नेतको एक म्यूजिक भिडियो सार्वजनिक गर्ने भनेर बोलाइएको थियो । तर, कार्यक्रम सकिन्जेलसम्म पनि सलोनले म्यूजिक भिडियो शो भएन । कारण, कार्यक्रमको सुरुवातमै हिमेशले सलोन र गीतको बारेमा थोरै बोलेर भिडियो देखाउने योजना थियो ।
तर, स्टेजमा सिधै आएर आफ्नो गीत गाउन थालेका हिमेशले अन्तिममा पनि गीतको बारेमा बोल्न मानेनन् । जसकाकारण, अभिनेता सलोन बस्नेत निकै रिसाए । हिमेशले नबोले आफ्नो गीत देखाउनुको अर्थ नै नभएको भन्दै उनी पड्किए । सुरुमा हिमेशले गीतको बारेमा बोल्छु भनेको तर अन्तिममा केही पनि बोल्दिन भनेको भन्दै सलोन रिसाए ।
सलोनले अब यो गीत पत्रकार सम्मेलन गरेरै देखाउने बताएका छन् ।