बलिउड अभिनेता आमिर खानको नजरमा ‘दंगल’ अभिनेत्री फात्तिमा सना सेख बलिउडकी सबैभन्दा उत्कृष्ट अभिनेत्री हुन् । उनै, फात्तिमाको साथमा आमिर अहिले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा काम गरिरहेकी छिन् ।
उनै, फतिमाले आफ्नो इन्स्ट्राग्राममा एक तस्बिर शेयर गरिन् । उनले लिएको सेल्फीमा उनले निलो रंगको सारी समेत लगाएकी छिन् । यस्तै, रातो र पहेलो रंगको ब्लाउज पनि लगाएकी छिन् ।
तर, फात्तिमालाई यो तस्बिरमा विवाद उत्पन्न हुन्छ भन्ने थाहा थिएन होला । तर, अहिले ट्विटर प्रयोगकर्ताहरुले निकै भद्दा कमेन्ट गरिरहेका छन् । कतिपयले उनीबाट यस्तो अपेक्षा नरहेको पनि बताएका छन् । कतिपयले फत्तिमाले सारीको महत्व नवुझेको भन्दै कमेन्ट गरेका छन् । आखिर, यो तस्बिरमा त्यस्तो के छ, जसले फत्तिमालाई विवादमा ल्याइदिएको छ ?