कात्तिक महिनामा रिलिज भएका दुई नेपाली फिल्म ‘रुद्रप्रिया र रानी’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि यतिबेला सबैको ध्यान फिल्म ‘ऐश्वर्य’माथि अडिएको छ ।
उच्च प्रचार, मेकिङमा कुनै कन्जुस्याँई नगरिनु, कलाकारको अभिनय र गीतसंगीतका कारण यो फिल्मको चर्चा खुबै छ ।
नेपाली फिल्मले नै व्यापारमा आशा राखेको यो फिल्म आजबाट देशभरका हलमा रिलिज भएको छ । नयाँ हिन्दी र नेपाली फिल्म नहुँदा यसको प्रत्यक्ष फाइदा यो फिल्मले लिन सक्छ ।
दिवाकर भट्टराई निर्देशित यो फिल्मलाई रमेश उप्रेतीले निर्माण गरेका हुन् । फिल्ममा रमेशका अलवा प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारीको मुख्य भूमिका छ ।
फिल्मलाई लिएर अभिनेता तथा निर्माता रमेश उप्रेती आशावादी छन् । उनले, यो फिल्म चलेन भने फिल्म क्षेत्र नै छाड्ने बताइसकेका छन् ।
‘तिमी रोएको पल तिमीलाई’ बोलको गीतले पनि यो फिल्मलाई हाइप दिएको छ ।